भारतमा एकैदिन ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकैदिन भारतमा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

यसअघि २४ साउनमा एकैदिन सबैभन्दा धेरै, ६५ हजार १ सय ५६ जना संक्रमित थपिएका थिए ।

पछिल्ला दुई हप्तायता दैनिक संक्रणमदरमा भारतले अमेरिका र ब्राजिललाई उछिनी रहेको छ । भारतमा बुधबार नौ सय ५० जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार एक सय नाघेको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या २३ लाख ९५ हजार ४ सय ७१ पुगेको छ । १६ लाख ९५ हजार ८६० जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here