दोधारा चाँदनीमा कोरोना रोकथाम तथा नियन्त्रणमा दुई करोड ४० लाख बढी खर्च

पप्पु गुरुङ्ग

दोधारा, २९ साउन । माहाकाली नगरपालिकामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा गरिएको खर्च सार्वजनिक गरिएको छ ।

माहाकाली नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा २ करोड ४० लाख ७७ हजार २ सय १ रुपैयाँ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरे अनुसार क्वारेन्टिन निमार्ण ३४ लाख १० हजार ९ सय ३३, क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिदमा १३ लाख २१ हजार ९ सय, क्वारेन्टिन बस्नेहरुका लागि खानामा ७ लाख, आइसोलेशन निमार्ण तयारी ७ लाख ८७ हजार ३ सय खर्च भएको छ ।
त्यस्तै आइसोलेशन ब्यवस्थापनमा १४ लाख, आइसोलेशन खाना २३ लाख, औषधिमा ७ लाख ४१ हजार ४ सय, औषधि अन्य सामग्रीमा ३० लाख ५६ हजार १ सय ५५, स्वास्थ्य उपकरणमा ४ लाख ५९ हजार ९ सय ८ रुपैयाँ खर्च भएको जनाइएको छ ।

त्यस्तै राहत बितरणमा ४३ लाख २७ हजार ९ सय ९६, जोखिम भत्तामा १३ लाख ८५ हजार ७ सय ८, यातायात खर्चमा ५ लाख २५ हजार ७ सय, अन्यमा ३० लाख गरि जम्मा २ करोड ४० लाख ७७ हजार २ सय १ रुपैयाँ खर्चा रकम माहाकाली नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here