काठमाडौं, २९ साउन । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेर वृद्धि भएको छ ।
बुधबार तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार २ सय १० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार २ सय ९५ रु पुगेको महासंघले जनाएको छ ।