एजेन्सी । श्रीराम जन्मभूमी तीर्थक्षेत्र न्यासका अध्यक्ष पुज्य महन्थ नृत्यगोपाल दास महाराजमा कोरोना संक्रमण देखिएको छ ।
भारतिय सञ्चार माध्यमका अनुसार बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका नृत्यगोपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार बिहान अचानक स्वस्थ्य अवस्था बिग्रिएपछि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।
उनी मंगलबारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए । कृष्ण जन्माष्टमीमा बुधबार राती श्रीकृष्ण जन्मस्थानमा आयोजित कार्यक्रममा उनी सहभागी भएका थिए ।
उनी हरेक वर्ष यस कार्यक्रममा सहभागी हुन्छन् । यसपटक अयोध्याबाट पवित्र सरयू जल पनि बाल गोपालको अभिषेकका लागि लिएर गएका थिए । उनमा अचानक ज्वरो देखिएपछि औषधि सेवन गरेपछि ज्वरो घटेको र अवस्था चिन्ताजनक नरहेको जनाइएको छ ।
महन्थ नृत्यगोपाल श्रीकृष्ण जन्मभूमि न्यासका पनि अध्यक्ष हुन् ।
.@ShriRamTeerth के अध्यक्ष पूज्य महंत श्री नृत्य गोपाल दास जी महाराज के कोरोना संक्रमित होने की सूचना प्राप्त हुई।
उन्हें त्वरित चिकित्सकीय सुविधा उपलब्ध कराने हेतु मेदांता अस्पताल के डॉ. नरेश त्रेहन से वार्ता की है।
प्रभु श्री राम से उनके शीघ्र स्वास्थ्य लाभ हेतु प्रार्थना है।
— Yogi Adityanath (@myogiadityanath) August 13, 2020