एनएमबी बैंकको वित्तीय सूचकमा सुधार, वितरण योग्य नाफा १२ प्रतिशत बढ्यो

काठमाडौं, ३० साउन । एनएमबी बैंकको अधिकांश वित्तीय सूचकमा सुधार आएको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा ०.५९ प्रतिशत मात्र बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले १ अर्ब ६१ करोड प्रोभिजन गर्दा पनि उसको नाफा अघिल्लो आर्थिक बर्षको २ अर्ब २५ करोडबाट बढेर २ अर्ब २७ करोड पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड रहेको छ ।

यस हिसाबमा बैंकले करिब १० प्रतिशतको हाराहारीमा लाभांश बितरण गर्न सक्ने देखिन्छ।

बैंकले चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब २८ करोड रुपैयाँ बढी हो।

हाल १३ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ सञ्चित छ । यस्तै सेयरधनी कोषमा ९६ करोड ४० लाख रुपैयाँ छ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आवको अन्त्यसम्ममा बैंकले ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी ७.१९ रुपैयाँले घटेर १६.२८ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.२७ गुणा, आधार दर ८.९५ प्रतिशत, सीसीडी रेसियो ७२.६८ प्रतिशत, खराब कर्जा २.६८ र स्प्रेडदर ४.०५ प्रतिशत छ।

यो पनि ।

मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक

एनएमबी बैंक र जडिबुटी व्यवसायी संघले गरे साझेदारीका लागि समझदारी

एनएमबी बैंकको खाता फेसबुकबाटै खोल्न सकिने

एनएमबी बैंकको घर कर्जा व्याजदर अब ५ वर्षसम्म स्थीर

एनएमबी बैंकद्वारा ‘एनएमबी जीवन चक्र बचत खाता’ आरम्भ

एनएमबी बैंकले पायो साफामा कर्पोरेट गभर्नेन्ससहित दुई अवार्ड

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here