जुगल पहिरो: एकै परिवारका ६ जनासहित ३८ बेपत्ता, ३७ घर पूर्णरुपमा ध्वस्त

काठमाडौं, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि एकै परिवारका ६ जनासहित ३६ जना बेपत्ता भएका छन् ।

पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा आज बिहान भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति पुगेको हो । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले ३७ घर पुरेको स्थानीयको भनाइ छ ।

पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । भौगोलिक विकटता र भिरालो जमिन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भैरहेको ।

घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्ला उच्च अधिकारीहरु पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here