त्रिवि शिक्षण अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, ३० साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत छ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका थप स्वास्थ्यकर्मीको स्वाब परीक्षण ष्र्दा थप चार जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।

संक्रमित स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षको एक सय भन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । बाँकी स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here