प्रभु इन्टरनेटको सेवा सुरु, यस्तो छ प्याकेज

काठमाडौं । प्रभु डिजिटलले इन्टरनेट सेवा सुरु गरेको छ । प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल लिमिटेडले इन्टरनेट सेवा पनि प्रदान गर्ने भएको हो ।

इन्टरनेट सेवा प्रदान गर्न प्रभु डिजिटलले केही समय अगाडी बाराही इन्टरनेटलाई खरिद गरेको थियो । बाराही इन्टरनेटलाई खरिद गरेपछि प्रभु इन्टरनेटको रुपमा कम्पनीले सेवा सुरु गरेको छ ।

प्रभु डिजिटलले टेलिभिजनको सेवा समेत उपलब्ध गराउदै आएको छ । कम्पनीका अनुसार प्रभु इन्टरनेटको रिचार्ज प्रभु पे, ईसेवा, आईएमई पे र खल्तीबाट समेत गर्न सकिने व्यवस्था रहेको छ ।

प्रभु इन्टरनेटले ३० एमबीपीएस, ५० एमबीपीएस र ६० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध गराउदै आएको छ । ३० एमबीपीएस इन्टरनेट र आईपी टिभीको वार्षिक मूल्य १७ हजार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here