उपत्यकाको विभिन्न गतिविधिमा १५ दिनसम्म रोक, के-के गर्न पाइदैन् ?

काठमाडौं, ३० साउन । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न गतिविधिमा १५ दिनसम्म रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म विभिन्न क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्धारा जारी विज्ञप्तीमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँमा मानिसहरु भेला हुन रोक लगाइएको उल्लेख गरिएको छ ।

प्रशासनका अनुसार खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्नका साथै जात्रा र महोत्सव गर्न रोक लगाइएको छ ।

त्यस्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना संचालन गर्न पनि रोक लगाइएको छ ।

फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलनमा पनि प्रशासनले प्रतिबन्ध लगाएको छ । उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार गर्न नपाइने भएको छ ।

त्यस्तै टेक वे बाहेक होटल रेस्टुराँ संचालन गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ । निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि काठमाडौं प्रशासनको चेतावनी छ ।

दाहालले सार्वजनिक गरेको आदेश विपरीत गतिविधि भए स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) अनुसार कारबाही हुने बताएका छन्।

उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ ।

सम्बन्धित समाचारः

काठमाडौं उपत्यकामा १ सय १९ जना कोरोना संक्रमित थपिए

न्यूरोडको एक व्यापारीमा कोरोना, भदौ ७ गतेसम्म न्यूरोडका पसल बन्द

उपत्यका भित्रिन र बाहिरिनमा कडाइ, आवातजावत पूर्ण रूपमा रोक

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बैंकमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नुपर्ने

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here