नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं, ३१ साउन । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

साउन २४ गते उपचारका लागि ती पुरुष कोरोना अस्पताल भर्ना भएका थिए । उनि उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको थियो ।

यो सहित नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here