कोरोना बीमा गर्नेको संख्या ७ लाख नजिक, शिखर इन्स्योरेन्सले बेच्यो धेरै पोलिसी

काठमाडौं, ३१ साउन । कोरोना भाइरसको संक्रमण बढेसँगै बीमा गर्नेको संख्या पनि बढिरहेको छ ।

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले शुक्रबारसम्म ६ लाख ८९ हजार २७ जनाले कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।

कोभिड १९ को जोखिम सुरक्षणका लागि बीमा कम्पनीहरुले गत वैशाख ७ देखि बिमालेखको विक्री सुरु गरेका थिए । हालसम्म करिब ७ लाख जनाले कोरोना बीमा गरेका छन् ।

उक्त बीमामा ३८ करोड ७७ लाख ९३ हजार ४ सय ८२ रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सो अवधिमा ७१ हजार ३ सय ६१ वटा बीमा लेख विक्री भएको छ ।

हाल २० निर्जीवन बीमा कम्पनीमार्फत उक्त बीमालेख विक्री भइररहेको छ । पछिल्लो समय सरकारले कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने व्यवस्था कार्यान्वयनमा ल्याएपछि यस्तो बीमा गर्नेको संख्या बढेको समितिको भनाइ छ ।

३ महिनाको बच्चा देखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि यी बिमा गर्न सकिन्छ ।

बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै १५ हजार ४ सय २२ पोलिसी मार्फत १ लाख ३४ हजार ५ सय ९१ जनाको बीमा गरेका छन् ।

त्यसबाट ७ करोड ४० लाख ५२ हजार १ सय रुपैयाँ संकलन भएको छ । ओरेन्टल इन्स्योरेन्सबाट सबैभन्दा कम ११ हजार २ सय ४९ जनाको ६० लाख ४४ हजार ५ सय १० रुपैयाँ बीमा भएको छ ।

कोरोना बीमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । एक लाख रुपैयाँको बीमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बीमा शुल्क) तिर्नुपर्छ । सामुहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बीमागर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ ।

सरकारी कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा शतप्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । यस्तै आमनागरिकको पनि सामूहिक कोरोना बीमामा सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ ।

५० हजार रुपैयाँ बिमांक रहेको बिमांकका लागि बीमा गर्दा प्रतिव्यक्ति ५ सय र सामुहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ ।

बीमा दाबीको लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीहरुले दावी भुक्तानी गर्ने छन् ।

बीमा कम्पनीले दावी निवेदन पेश गरेको ७ दिनभित्र बिमितलाई भुक्तानी दिनुपर्ने छ । यदी दाबी भुक्तानी नहुदै बिमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

बीमालेख खरिद गर्नका लागि आवश्यक न्यूनतम सर्तहरु

– नेपाली लागरिक हुनुपर्ने ।

– कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात ।

– सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको

– स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात

– एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात ।

बीमा लेख खरिद गर्नका लागि बीमित नेपाली नागरिक हुनुपर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने न्यूनतम सर्त तोकिएको छ ।

त्यस्तै, कोरोना बीमा दावि भुक्तानीका लागि कोरोना बीमालेख खरिद गरेको १५ दिन पश्चात् र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । यदि दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्नेछ ।

सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।

६ लाख ४७ हजारले गरे कोरोना बीमा, बीमा शुल्कबापत ३६ करोड ४६ लाख संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here