तरकारीको मूल्य घट्यो, कुनको कति ?

काठमाडौं ३२ साउन । केही दिन यता कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य ह्वातै घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो दुई सातामा धेरैमात्रामा तरकारीको मूल्य घटेको हो ।

बाढी र पहिरोका कारण काठमाडौं आउने बाटो अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको थियो ।

बाटो सहज भएसँगै मूल्य पनि सस्तो भएको व्यवसायीको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आइतबार गोलभेडा ३० रुपैयाँ देखि ३५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

१५ दिन अघि गोलभेडा कालिमाटी बजारमा ४० रुपैयाँ देखि ५६ रुपैयाँ प्रतिकेजीसम्म विक्री भइरहेको थियो । आलु रातो ६८,आलु रातो (भारतीय) प्रतिकेजी ५४ रुपैयाँमा विक्री भैरहेको छ ।

आलु रातो(मुडे) प्रतिकेजी ५७ रुपैयाँ रहेको छ । प्याज सुकेको भारतीय केजी ३२ रुपैयाँ रहेको छ भने गाजर ६० ,बन्दा ४०, काउली स्थानिय १२०, मूला सेतो ६०, सेतो मूला ६०, भन्टा लाम्चो६० रुपैयाँमा विक्री भैरहेको छ ।

बोडी ७०, घिउ सिमी १२०,घिउ सिमी(हाइब्रीड) १२० भटमासकोशा ७०, तितो करेला २५,लौका सस्तिएर ४० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here