घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३२ साउन । नेपाल बजारमा आईतबार पनि सुनको भाउ आरालो लागेको छ ।

अघिल्लो दिनको तुलनामा आईतबार सुन प्रतितोला दुईसय रुपैयाँ घटेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुनको मुल्य पनि २ सयले घटेर आईतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको १३ सय २५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here