बैंकको खुद नाफा १२ प्रतिशतले घट्यो, कुन बैंकको कति (सूचीसहित)

काठमाडौं, ३२ साउन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ ।

सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६/०७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् ।

उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा समेत असर परेको छ ।

गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको खुद नाफा १२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरुको यस्तो नाफा २५ प्रतिशतले बढेको थियो । कोभिड–१९ को असर बैंकहरुको नाफा घटेको हो ।

गत आवमा वाणिज्य बैंकहरुको कुल नाफा ५४ अर्ब ३० करोड रुपैयाँ छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा ६१ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

नेपाल एसबीआई बैंकको नाफा ३३ दशमलव २२, कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशत छ । विवरण अनुसार माछापुच्छ्रे २६ दशमलव २२, सानिमाको २४ दशमलव ५६, सिटिजन्स बैंकको २३ दशमलव ७२, नेपाल इन्भेस्टमेन्ट २२ दशमलव ६३, बैंक अफ काठमाण्डौको २२ दशमलव २१ र नेपाल बङ्गलादेश बैंकको नाफा २० दशमलव ७५ प्रतिशतले घटेको छ ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १८ दशमलव ५१, सनराइजको १८ दशमलव ३५, एभरेस्टको १८ दशमलव १४, नबिलको १५ दशमलव ८५ र राष्ट्रिय वाणिज्य बैंकको ११ दशमलव ७७ प्रतिशतले नाफामा गिरावट आएको छ ।

सिद्धार्थको ८ दशमलव २६, हिमालयनको आठ, नेपाल बैंकको १ दशमलव ५५ र कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशतले नाफा घटेको छ ।

त्यसैगरी सेञ्चुरी बैंकले ३३ दशमलव ९७, ग्लोबल आईएमईले ११, एनसिसीले १० दशमलव ७४, प्राइमले ४ दशमलव २७, एनआईसी एसियाले ३ दशमलव २४ र एनएमबी बैंकले ० दशमलव शून्य दशमलव ५९ प्रतिशत मात्रै नाफा गरेको शुक्रबार प्रकाशित विवरणमा समावेश छ ।

६ वटा बैंकले भने आफ्नो नाफा बढाउन सफल भएका छन् । अघिल्लो आवको तुलनामा निक्षेप संकलनका साथै कर्जा लगानी बढाउँदा, कोरोना अवधिमा उठाउनु पर्ने धेरैजसो किस्ता/ब्याज असुल गर्न सक्दा यी बैंकको नाफा वृद्धि भएको छ ।

गत आवमा सबैभन्दा धेरै सेञ्चुरीले कमर्शियल बैंकले नाफा बढाएको छ । यस बैंकले आफ्नो खुद नाफा ३३.९९ प्रतिशतले बढाएको छ । सेञ्चुरीले गत आवमा आफ्नो नाफा करिब २३ करोडले बढाएर ९० करोड पुर्याएको छ ।

यस्तै, बिग मर्जर गरेको ग्लोबल आइएमईले बैंकले पनि आफ्नो नाफा ११ प्रतिशतले बढाएको छ । यस्तै, एनसीसीले १०.७४ प्रतिशत, प्राइम कमर्शियलले ४.२८ प्रतिशत, एनआइसी एशियाले ३.२५ प्रतिशत र एनएमबी बैंकले ०.५९ प्रतिशत खुद नाफा बढाएका छन् ।

हेर्नुस टेबल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here