एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

काठमाडौं, ३२ साउन । एनआईसि एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले मर्जर सम्झौता गरेको छन् । दुई संस्थाबीच साउन ३२ गते आइतबार बिहान मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै दुबै कम्पनीको सेयर कारोबार मर्जर प्रक्रिया पुरा नहुन्जेलसम्मका लागि नेप्सेमा सेयर कारोबार रोक्का भएको छ । कर्णाली प्रदेशमा केन्द्रीय कार्यालय रहेको एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंकको सहायक कम्पनी हो ।

सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको स्वेदशी लघुवित्तमा पनि एनआईसी एशिया बैंकको संस्थापक लगानीकर्ता विशाल ग्रुपका व्यक्तिहरूको संस्थात र व्यक्तिगत लगानी छ ।

क्रस होल्डिङ रहेको यी दुई लघुवित्त मर्जरपछि सबैभन्दा धेरै चुक्ता पुँजी भएको लघुवित्त बन्नेछन् । एनआईसि एशिया लघुवित्तले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो ।

एनआईसि एशिया लघुवित्तको चुक्तापूँजी १ अर्ब ४८ करोड र स्वदेशी लघुवित्तको चुक्तापूँजी २७ करोड ६० लाख रहेको छ । दुई कम्पनी मर्जर पश्चात बन्ने कम्पनीको पूँजी १ अर्ब ७५ करोड पुग्नेछ ।

गत आवको चौथो त्रैमासमा एनआईसि एशिया लघुवित्त वित्तीय संस्थाको नाफा ७८ प्रतिशत वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here