७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकले ७ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकले भदौं १ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ ।

बैंकका अनुसार २८ दिन अवधिको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ ।

उक्त बिल आगामी भदौ ३० गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि २ अर्बको ट्रेजरी बिल बिक्री गरिनेछ । त्यसको परिपक्व हुने अवधि आगामी मंसिर २ गते रहेको छ ।

यी दुवै यस अघि निष्काशन भएका ट्रेजरी बिलका नविकरण हुन् । बैंकले यसअघि साउन २६ गते १० करोडको ट्रेजरी बिल निष्काशन गरेकोमा ७० करोडको आवेदन परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here