नेप्से परिसूचक दोहोरो अंकले घट्यो, १ अर्ब २५ करोडको कारोबार

काठमाडौं, ३२ साउन । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आइतबार नेप्से १७.३३ अंकले घटेर १३९१. ४६ विन्दुमा कायम भएको हो ।

यसदिन १८५ कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता सेयर किनबेच भएका छन् । १ अर्ब २५ करोड ९३ लाख २० हजार ८५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरोलो लागेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ७६.८७ अंकले घटेको छ ।

कोराबार रकमका आधारमा आज नेपाल बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ८ करोड १४ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

घट्दो बजारमा पनि आज २ वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साधना लघुवित्त र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here