सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ

काठमाडौं, ३२ साउन । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फोनपे पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ ।

यस अभियान अन्तरगत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार एक रुपैयाँ छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराउने छ ।
भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ ।

हरेक कारोबारमा एक रुपैयाँ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरे । यो अभियान भदौं १ गतेदेखि एक महिनासम्म लागु हुनेछ ।

नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यही रिक्तता पुर्ति गर्नका लागि भेन्टिलेटर बैंकले यो अभियान सुरू गरेको हो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here