अन्त:शुल्क इजाजतपत्र नविकरण गर्ने म्याद थप

काठमाडौं, ३२ साउन । आन्तरिक राजस्व विभागले अन्त:शुल्क इजाजतपत्र नविकरण गर्ने म्याद थप गरेको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विभागले नविकरण गर्ने म्याद असोज मसान्त थप गरेको हो ।

साउन महिनामा गरि सक्नुपर्ने नविकरणको म्याद कोरोनाको कारण २०७७ असोज मसान्त सम्मथप गरिएको विभागद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

अन्त:शुल्क ऐन, २०५८ को दफा ९ को उपदफा (५) बमोजिम अन्त:शुल्क इजाजतपत्र हरेक वर्ष श्रावण महिना भित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here