सुनचाँदीको भाउ सस्तियो

काठमाडौं, १ भदौं । नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ, र चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले झरेको छ । आइतबार तोलाको १३ सय २५ मा कारोबार भएको चाँदी सोमबार १३ सय १५ मूल्य कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here