विदेशबाट हुने उद्धार उडान पुन: स्थगित

काठमाडौं, १ भदौ । सरकारले विदेशबाट हुने उद्धार उडान पुनः स्थगित गरेको छ ।

मंगलबारबाट पूर्वनिर्धारित उडानहरु तत्कालका लागि रद्द गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण बढेको, नेपालका अधिकांश स्थानमा निषेधित क्षेत्र घोषित गरेको र होटेल क्वारेन्टिनका लागि समेत व्यवस्थापन हुन नसकेपछि तत्कालका लागि विदेशबाट हुने उद्धार उडान रोकिएको हो ।

अब होटेल क्वारेन्टिनको सुनिश्चितता भएपछि मात्र उद्धार उडान सूचारु गर्ने गरी तत्कालका लागि उडान रोक्ने निर्णय भएको केन्द्रले उल्लेख गरेको छ ।

सोहीअनुसार यसअघि तय भएका सबै उडान रोकिएको नेपाल एयरलाइन्सले जनाएको छ । पाँचौ चरणको उद्धार उडान आजबाट प्रारम्भ भएको थियो ।

सम्बन्धितः

पाँचौं चरणको चार्टर उडान शुरु, कसलाई कति उडान अनुमति ?

‘भदौ १६ बाट हवाई उडान सुचारु नगरे आन्दोलनमा जाने वायुसेवा सञ्चालक संघको चेतावनी’

हवाई उडान र लामो दुरीको यातायात भदौ १५ गतेसम्म रोक्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय उडान: कुन गन्तब्यका लागि कसले मागे कति अनुमति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here