सुनको भाउ पुनः एक लाख माथि उक्लियो

काठमाडौं, २ भदौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेर एक लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।

तेजाबी सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा तोकिएको छ । सोमबार तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

सोमबार चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here