सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने

फाइलफोटो

काठमाडौं, २ भदौं । सरकारले विद्युत् प्रसारण र वितरण प्रणालीको लागि एसियाली विकास बैंकबाट दुई सय मिलियन डलर अर्थात् झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा। खतिवडाले उक्त जानकारी दिएका हुन् ।

यस्तै यसै परियोजनाको लागि नर्वे सरकारबाट ३५ मिलियन मिलियन डलर अर्थात् चार अर्ब रुपैयाँ अनुदान लिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै सरकारले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्न थप शेयर लगानी गर्नको लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here