थप ६ सय ८१ जनामा कोरोना संक्रमण, १ सय २० जना डिस्चार्ज

काठमाडौं, ३ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षणमा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

कुल संक्रमितमध्ये १२०जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here