उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,३ भदौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौंमा २०१०, ललितपुरमा ३४९ र भक्तपुरमा १७२ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २४९९ पुगेको छ।

आज देशभर ६ सय ८१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here