इन्भेष्टमेण्ट बैंक र वायरबार्लीवीच रेमिट्यान्स सम्झौता

काठमाडौं, ३ भदौ । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहयोग गर्न नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्ली वीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौता भएको छ ।

यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजिल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आनो खाता प्रयोग गरी वायरबार्लीको मोबाइल एप अथवा अनलाईन पोर्टल प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।

एप गूगलको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

वायरबार्लीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा जम्मा हुनेछ ।

सो पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको रेमिट्यान्स सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।

देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएममार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र वायरबार्ली बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको बताएको छ ।

सम्बन्धितः

नेपाल इन्भेष्टमेण्ट बैंकको युनियनपे कार्ड सेवा सुरु

इन्भेष्टमेन्ट बैंकले इटालीबाट फिर्ता ल्यायो बैंक ग्यारेन्टीवापतको २ अर्ब

नेपालकै पहिलो खुलामूखी सामूहिक लगानी योजना आइतबारदेखि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here