कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, ३ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक/एक छन् ।

त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here