नफाल्नुहोस् तरबुजाको बियाँ, हुन्छ यस्ता अचम्मका फाइदा

गर्मीयामको सुरुवात सगैं बजारमा तरबुजाको माग धेरै हुन्छ । रसिलो यो फल गर्मीमा धेरैले खान रुचाउँछन् ।

स्वादिलो पनि हुने, सस्तो पनि हुने र गर्मीमा शरीरमा पानीको मात्रा पनि बढाएर हामीलाई स्वस्थ राख्ने हुनाले यो फल धेरै मान्छेहरुको मनपर्ने फलफुलको रुपमा रहेको छ । यो फलका विभिन्न फाइदाहरु छन् ।

हामी मध्ये धेरैको बानी तरबुजा खाँदा यसको बिँया फालिदिने हुन्छ । तर, यसको बियाँ पनि धेरै लाभदायक हुन्छ ।

तरबुजाको बियाँ समेत खाने बानीले हाम्रो शरीरलाई विभिन्न प्रकारको रोगहरुबाट बचाउने गर्दछ । तरबुजाको बियाँमा प्रोटिन, भिटामिन वि, म्याग्नेसियम, फस्फोरस, आइरन, पोटासियम, कपर, जिंक आदि पोषक तत्वहरु पाईन्छन् ।

तरबुजाको बियाँमा क्यालोरीको मात्रा अत्यन्त कम हुन्छ । यसलाई संकलन गरेर बियाँलाई सुकाएर भुटेर खान पनि सकिन्छ । गुँदपाक लगायतका मिठाईमा पनि यसको प्रयोग गरिन्छ ।

तरबुजाको बियाँलाई स्वादिलो बनाउनको लागि त्यसमा नुन, कागति आदि राखेर खान पनि सकिन्छ ।

तरबुजाको बियाँ खाँदा हुने फाइदाः

१. थकान कम हुन्छ

थोरै मात्रामा तरबुजाको बियाँ खाँदा शरीरमा उर्जा पैदा हुन्छ र थकान कम लाग्ने गर्दछ । तरबुजाको बियाँ हेमोग्लोबिनको लागि पनि फाईदाजनक हुन्छ र शरीरमा धेरै मात्रामा अक्सिजन प्राप्त हुने गर्दछ ।

यसमा भएको आइरनले क्यालोरीलाई शक्तिमा बदल्ने गर्दछ । जसको कारण पाचन प्रकृयामा पनि फाईदा पुग्छ ।

२. ब्लडप्रेसर नियन्त्रण गर्छ

तरबुजाको बियाँमा धेरै मात्रामा प्रोटिन हुन्छ र त्यसमा एमीनो एसिड पाईन्छ । एमिनो एसिडबाट ब्लडप्रेसर कन्ट्रोल हुने गर्छ । तरबुजाको बियाँमा म्याग्नेसियम पनि हुने हुनाले यसले पनि ब्लडप्रेसर नियन्त्रण हुन्छ ।

तरबुजाको बियाँमा प्रचुर मात्रामा मोनोसैचुरेटेड र पोली अनसैचुरेटेड फ्याटीएसिड हुन्छ जसले हार्टअट्याक लाई कम गर्ने काम गर्छ । यसले कोलेस्ट्रोल कम गर्ने काम गर्छ । यसमा हुने पोटासियमले मुटु स्वस्थ राख्न मद्दत गर्छ ।

३. मांसपेशीलाई स्वस्थ राख्छ

मांसपेशीलाई स्वस्थ राख्न र कुनै कारणबस भएको दुखाइ कम गर्न तरबुजाको बियाँ उपयोगी हुन्छ । तरबुजाको बियाँमा एल सिटलाईन हुन्छ जसले चोटपटक वा घाउलाई निको बनाउन पनि सहयोग गर्दछ । जसको कारण मांसपेशीमा हुने पिडा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here