एप्पलको दुई वर्षमै थपियो १ ट्रिलियन सम्पत्ति, २ ट्रिलियनको आँकडा पार

काठमाडौं, ४ भदौं । आईफोन निर्माता कम्पनी एप्पलले २० खर्ब (२ ट्रिलियन) डलरको बजार पूँजीकरणको आँकडा पार गरेको छ ।

१९७५ मा स्थापना भएको एप्पलले ४२ वर्षमा सन् २०१८ मा १ ट्रिलियन अमेरिकी डलर सम्पत्ति बनाएको थियो ।

पछिल्ला दुई वर्षमा आफ्नो सम्पत्ति दोब्बर बनाउँदै बुधबार अमेरिकी सेयर बजार खुल्ने वित्तीकै कम्पनीले उक्त आँकडा छोएको हो ।

यससँगै एप्पल २ ट्रिलियन डलर भएको विश्वकै दोस्रो ठूलो सार्वजनिक कम्पनी बनेको छ ।

यसअगाडि साउदी अरेबियाको तेल कम्पनी साउदी आरामको डिसेम्बरमा २ ट्रिलियन डलरमा पुगेको बताएको थियो।

आइफोन, म्याक कम्प्युटर्स र एप्पल वाच निर्माण कम्पनीका लागि यो अर्को माइलस्टोन हो। उसले आफूलाई विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीको रुपमा आफूलाई ठड्याउन सफल भएको छ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here