नेप्से परिसूचक ६.२८ अंकले बढ्यो, अनलाइबाटै ३९ करोड बढीको कारोबार

काठमाडौं, ४ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

बुधबार १६.६० अंकले घटेर बन्द भएको बजार बिहिबार नेप्से परिसूचक ६.२८ अंकले बढेर १३९७.५७ बिन्दुमा पुगेको छ ।

यसदिन १८२ कम्पनीको ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । १२ लाख १४ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेको छ भने २ वटा समूहको परिसूचक ओरालो लागेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५६.८२ बढेको घटेको छ ।

कोराबार रकमका आधारमा आज नेको इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड २ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नागरिक लगानी कोष र नेपाल पुनर्बीमा कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

निषेधाज्ञा बीच खुलाइएको बजारमा ब्रोकर कार्यालय बन्द भएपछि आज अनलाइनबाटै सेयर कारोबार भएको छ ।

अघिल्लो पटक लकडाउन हुँदा सेयर बजार करिब ३ महिना बन्द भएको थियो । तर, यसपटक नेप्सेले अनलाइनबाटै भए पनि कारोबार गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here