माहाकालीमा मोटरसाइकल रुखमा ठोक्किँदा एक जनाको मृत्यु

दोधारा, ४ भदौं । माहाकाली नगरपालिकामा मोटरसाइकल रुखमा ठोक्किँदा एकको मृत्यु हुनुको साथै एक गम्भिर घाईते भएका छन् ।

माहाकाली नगरपालिका वडा नं. ३ जगदिश टोलमा मोटरसाइकल ठोक्किँदा माहाकाली नगरपालिका वडा नं. ३ निवासी वर्ष अन्दाजी वर्ष २२ का गगन सुनारको मृत्यु भएको हो ।

सोही वडाका मोटरसाइकल सवार वर्ष अन्दाजी २३ का करन बुढालाई गम्भिर चोट लागेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिए ।

एचआर ०२६ डिडि ५०४१ भारतिय नम्वर प्लेटको मोटरसाईकल अनियन्त्रीत भएपछि मोटरसाईकल रुखमा ठोक्किँदाको बताईएको छ् ।

घाईते करन बुढाको टाउ र आँखाको भागमा गम्भिर चोट आएको कारण उपचारको लागी उनलाई धनगढी पठाईएको छ भने, मृतक गगन सुनारको शव प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा राखिएको प्रहरीले जनाएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here