भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

फाइलफोटो

काठमाडौं, ५ भदौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा गएको २४ घण्टामा ६९ हजार भन्दा धेरै मानिस संक्रमित बनेका छन् ।

भारतमा एकैदिन ६९ हजार ६५२ संक्रमित भएका र नौ सय ७७ जनाको मृत्यु भएको छ । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक भएको बीबीसीले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३६ हजार ९२५ पुगेको तथ्यांकमा उल्लेख छ । ५४ हजार नौ सय ७५ जनाको ज्यान गैसकेको छ । भारतमा हालसम्म २१ लाख ५७ हजार वढी संक्रमित निको भएका छन् ।

यस्तै गएको २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा नौ सय ८५ जनाको ज्यान गएको छ ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार छ सय १७ जनाको ज्यान गएसँगै ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here