अब सर्तसहितको उद्धार उडान, यस्तो छ होटल क्वारेन्टिको सूची र मूल्य

फाइलफोटो/ सीसीएमसी

काठमाडौं, ५ भदौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु गर्ने भएको छ ।

केहि दिनअघि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले गरेको उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।

सर्त अनुसार अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाडौं उत्रिसकेपछि होटल क्वारेन्टिनमा बस्नुपर्ने छ ।

होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वारेन्टिमा अनिवार्य बस्नु पर्नेछ । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ ।

स्वदेश ल्याइएका नेपालीलाई राख्ने होटेलको लिस्ट र मूल्यसूची जिल्लास्थित सिसिएमसीले तोक्नेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचनामार्फत पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटलसम्मको विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार पाँचतारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ ।

चार तारेमा बस्नेले प्रतिदिन ६ हजार, तीनतारेमा बस्नेले प्रतिदिन ५५ सय, दुईतारेमा बस्नेले ३५ सय, एकतारेमा बस्नेले २५ सय र पर्यटक स्तरीय होटमा बस्नेतले प्रतिदिन १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here