निषेधाज्ञापछि तरकारी,फलफूलको मूल्यवृद्धि, कागती ९० रुपैयाँ बढ्यो

काठमाडौं, ७ भदौं । उपत्यकामा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञापछि तरकारी र तरकारी, फलफूलको भाउ बढेको छ ।

उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार प्रतिकेजी १० देखि ९० रुपैयाँसम्म वृद्धि भएको छ ।

उपत्यकामा निषेधाज्ञा जारी गर्नुअघि भदौं २ गते न्यूनतम १५० देखि १६० रुपैयाँ रहेको कागतीको थोक मूल्य भदौं ७ गते प्रतिकेजी ९० रुपैयाँले बढेको छ ।

आइतबार कागती प्रतिकेजी २४० देखि २५० रुयैयाँसम्म तोकिएको छ । निषेधाज्ञाको अघिल्लो दिन भदौं ३ गते प्रतिकेजी ४० देखि ४५ रहेको सानो गोलभेडा बढेर ६० देखि ६५ रुपैयाँ पुगेको छ ।

उपत्यकामा निषेधाज्ञा जारी गर्नुअघि भदौं २ गते न्यूनतम १२० देखि १३० रहेको हरियो लसुनको थोक मूल्य भदौं ७ गते १० रुपैयाँले बढेको छ ।

यस्तै रायो, पालुंगो तथा चम्सुरको सागको मूल्य पनि १० रुपैयाँले बढेको छ । त्यस्तै, हरियोफर्सी, भिण्डी लगायतका तरकारी तथा फलफूलको पनि थोक मूल्य बढेको देखिन्छ ।

निषेधाज्ञापछि तरकारी तथा फलफूलजन्य वस्तुको ढुवानी र आपूर्तिमा समस्या हुँदा मूल्य बढेको व्यापारीहरुको भनाई छ । बिहान र बेलुका पनि तरकारी पसल नखुल्ने र आपूर्तिमै समस्या भएको तरकारी व्यवसायीहरु बताउँछन् ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बुधवार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञापछि उपत्यकामा अत्यावश्यकबाहेक सबै क्रियाकलाप बन्द गरिएको छ ।

तरकारी तथा फलफूल अत्यावश्यक सामग्रीअन्तर्गत राखिएको छ भने आयातमा पनि कुनै रोक लगाइएको छैन ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here