उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ७ भदौं । काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंमा १ सय २६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन्।

योसँगै काठमाडौंमा २ हजार ६ सय १२, ललितपुरमा ४ सय १० र भक्तपुरमा २ सय ७३ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या ३ हजार २ सय ६३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here