जुत्ता व्यावसायी भन्छन्ः सँधैभरीको मेलाले बजार बिग्रियो, अब वर्षमा एकपटक मात्रै

काठमाडौं, २२ बैशाख । प्रर्दशनीमार्ग बाटो भएर हिड्दा भृकुटीमण्डप छिर्ने गेटसँगैको कुनाको सानो चउरमा सँधैभरी जसो भैरहेको देखिने जुत्ता चप्पल मेला अब भने वर्षमा एकपटकमात्रै हुने भएको छ ।

महिनैपिच्छे जसो हुने स–साना मेलाले समग्र जुत्ताचप्पल व्यावसायको छवि बिग्रिएको भन्दै व्यावसायीहरुले अब जथाभावी विभिन्न नाममा मेला नगर्ने र वर्षको एकपटक मुख्यहलमा ठूलो मेला आयोजना गर्ने सहमति गरेका हुन् ।

वर्षमा धेरै पटक जुत्ता मेला राख्दा उपभोक्ताहरुबाट विभिन्न प्रकारको गुनासोहरु आएपछि वर्षमा एक पटक मात्र जुत्ता मेला आयोजना गर्न लागेको कुरा जुत्ता व्यवसायीले बताएका छन ।

त्यस्तै स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखि प्रत्येक नेपालीहरुको खुट्टा खुट्टामा नेपालमा उत्पादित स्वदेशी जुत्ता पुर्याउने उदेश्यको निर्यात प्रतिस्थापन गर्ने हिसावले जिम्मेवार भएर बिक्रिवितरण गर्न पनि नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनले आग्रह गरेको छ ।

एसोसियसनका अध्यक्ष रविन श्रेष्ठले भने, ‘नेपाली जुत्ता उत्पादकहरुले संस्थागत र अनुशासित तरिकाले बजार व्यवस्थापन गदैै सबैभन्दा नेपाली जुत्तालाई विस्वासिलो र उपभाेक्ताकाे पहिलो रोजाईमा पार्ने गरी एकपटकमात्रै भव्य जुत्ता मेला सञ्चालन गर्नुपर्छ ।’

त्यस्तै सम्राट सुजका अध्यक्ष प्रमोद महत्तोले फेसबुक र टुईटरमा स्टाटस राख्दा मात्रै देशभक्ति नहुने बताउँदै देशभक्त हुनको लागि राष्ट्रको अर्थतन्त्रमा पनि टेवा पुर्याउनपर्ने र अर्थतन्त्रमा सहयोग पुर्याउनको लागि स्वदेशी उत्पादनलाई माया गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपालका प्रत्येक खुद्रा विक्रेता पसलमा कम्तीमा पनि ५० प्रतिशत भन्दा धेरै स्वदेशमा उत्पादित जुत्ताहरु राख्ने वातावरणको सुरुवात भएमा मात्रै स्वदेशी उत्पादनको महत्त्व र आवश्यकता बढ्ने कुरा व्यवसायीहरुको भनाइ छ ।

व्यावसायीहरुले जुत्ता चप्पलको क्षेत्रमा क्रियाशिल सबै संगठनहरु बीच कार्यगत एकता गरी समस्याको समाधान गर्दै जाने प्रतिबद्धता पनि जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here