४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल दिउँसो ३ बजे बोलकबोल

काठमाडौं, ८ भदौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ।

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । केन्द्रीय बैंकले भदौ ८ गते सोमबार दिउँसो ३ बजे बोलकबोल आह्वान गर्दै छ ।

बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र जारी गर्ने भएको हो।

९१ दिन अवधिको सरकारी ऋणपत्र मंसिर ९ गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिको २०७८ भदौ ८ गते परिपक्व हुनेछ।

लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्। ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here