कोरोना बीमा दाबी ४ सय नाघ्यो, ३ सय २४ दाबी फछ्यौट हुन बाँकी

काठमाडौं ८, भदौं । आइतबारसम्म कोरोना बीमामा ४ सय भन्दा बढी दाबी भुक्तानी परेका छन् । ती मध्ये ८० वटा दाबी फछ्यौट भइसकेको छ । जसमा ७१ वटा एक लाख रुपैयाँ र ९ वटा ५० हजार रुपैयाँ बिमांक भएका छन् ।

यस्तै, ३ सय २४ वटा दाबी फछ्यौट हुन बाँकी छ । जसमा २ सय ९८ वटा प्रतिव्यक्ति एक लाख र २६ वटा प्रतिव्यक्ति ५० हजार बिमांक भएका छन् । संक्रमित संख्या बढेपछि बीमा दाबी पनि ह्रवात्तै बढेको हो ।

बीमा समितिको निर्देशन अनुसार दाबी परेको ७ दिनभित्र कम्पनीले फछ्यौट गरिसक्नु पर्छ । तर, आवश्यक कागजपत्र आइनसकेकाले दाबी फछ्यौट ढिलो भएको कम्पनीले बताएका छन् ।

बीमा समितिले महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा कार्यक्रमको शुरुवात गरेको छ।

कोरोना बीमाको बीमाङक रकम र बीमा शुल्क एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको छ ।

एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ।

समितिले संगोलमा बसेका परिवारका सम्पूर्ण सदस्यहरुको सामुहिक बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ र ५० हजार बीमाङकका लागि ३ सय रुपैयाँ कायम गरेको छ।

बीमालेख खरिद गर्नका लागि आवश्यक न्यूनतम सर्तहरु

– नेपाली लागरिक हुनुपर्ने ।

– कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात ।

– सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको

– स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात

– एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात ।

बीमा लेख खरिद गर्नका लागि बीमित नेपाली नागरिक हुनुपर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने न्यूनतम सर्त तोकिएको छ ।

त्यस्तै, कोरोना बीमा दावि भुक्तानीका लागि कोरोना बीमालेख खरिद गरेको १५ दिन पश्चात् र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । यदि दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्नेछ ।

सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।

कोरोना बीमा: कुन कम्पनीको कति गरे दाबी भुक्तानी, धेरै भुक्तानी गर्ने युनाइटेड जनरल

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here