एकै परिवारका पाँचजना घरमै झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं। भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको घरमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।

ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here