नागरिक लगानी कोषका भुक्तानी एनसीएचएलका प्रणालीमार्फत गर्न सकिने

काठमाडौं, ८ भदौं । ‍नागरिक लगानी कोषका लाभग्राहीको खातामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

लगानी कोषका उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा अप्रत्यक्ष सदस्यको रुपमा आबद्ध भएसँगै उक्त सुविध पाउन लागेको हो ।

यस आबद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तिय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सकिने भएको हो ।

भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एकपटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्दछ । कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ साथै एनपीआईमा आबद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ ।

कोषले हालको लागी उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत सुरुवात गरेको छ भने क्रमश कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यक्तिगत तथा संस्थाहरु मार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here