सबै अस्पताल कोभिड अस्पतालमा परिणत, लक्षण भएका संक्रमित मात्रै भर्ना

काठमाडौं, ८ साउन । सरकारले देशभरका सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार सरकारले यसअघि कोरोना संक्रमितको उपचारका लागि छुट्याएको लेभल वान, लेभल २ र लेभल ३ को व्यवस्थालाई खारेज गर्दै सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।

प्रवक्ता गौतमले सबै अस्पतालले काभिड पोजेटिभ भएपनि नेगेटिभ भएपनि उपचार गर्नुपर्ने बताए।

‘सबै अस्पतालाई कोभिड अस्पताल बनाइएको छ। यसमा जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र कतिपय निजी अस्पताल पर्छन्,’ उनले भने, ‘अब यी अस्पतालमा उपलब्ध सबै सेवा कोभिड पोजेटिभ भएपनि नभए पनि उपचार गर्नुपर्ने निर्णय भएको छ।’

मन्त्रालयले काठमाडौं र तराईका जिल्लामा संक्रमितको संख्या थपिँदै जाँदा लक्षण भएका बिरामीले बेड नपाउने र लक्षण नभएकाले ओगट्ने प्रवृत्ति देखिएकाले लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्न निर्देशन दिएको छ ।

गौतमलले लक्षण नभएका बिरामीलाई होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्न अस्पतालहरुलाई निर्देशन दिएका छन्। ‘लक्षण भएकाले बेड नपाउने र लक्षण नभएकाले बेड ओगट्ने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘लक्षण भएकालाई बेडमा भर्ना गर्न र नभएकालाई आइसोलेसन सेन्टरमा राख्न निर्देशन दिइएको छ।’

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here