विदेशी मुद्रा सञ्चिति ३४.९ प्रतिशतले वृद्धि

काठमाडौं, ८ भदौं । गत असारसम्म मुलुकको कुल विदेशी विनिमय रु १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ ।

विदेशी विनिमय सञ्चितिको वास्तविक अवस्था पत्ता लगाउन डलरमै घटबढ् हेर्नु पर्छ । किनकी अमेरिकी डलरको विनिमय दरमा आएको घटबढ अनुसार रुपैयाँमा पनि घटबढ हुन्छ ।

यसकारण वास्तविक विदेशी मुद्राको सञ्चिति बढ्नका लागि डलरमै बढ्नु पर्छ । अहिले डलरमै विदेशी मुद्रा सञ्चिति बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु।९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु।१३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड पुगेको छ । २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२. ८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here