शोधानान्तर २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ वचतमा

काठमाडौं, ८ भदौं । गत आर्थिक वर्ष २०७६/ ०७७ मा शोधनान्तर २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ वचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले वचतमा रहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी ३२ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here