डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि, वालेट प्रयोगकर्ता करोड नाघ्यो

काठमाडौं, ८ भदौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले लकडाउन पछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार २०७७ असारमा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड १ लाख ७९ हजार, कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ६ लाख ९६ हजार, आइपीएस प्रयोग गर्नेको संख्या ५ लाख ९६ हजार रहेको छ ।

त्यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या ५८ लाख १७ हजार र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ६ लाख ५३ हजार रहेको छ ।

त्यस्तै बैशाखमा एटीएमबाट कारोबार गर्नेको संख्या ३४ लाख ८८ हजार २८ रहेकोमा असार मसान्त सम्ममा ६३ लाख दुई हजार पुगेको छ ।

बैशाखमा मोबाइल बैंकिङबाट आठ अर्ब ६४ करोड रुपैयाँ कारोबार भएकोमा असारमा आइपुग्दा १८ अर्ब ८३ करोडभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै डिजिटल वालेट मार्फत हुने कारोबार पनि बढेको छ । हाल सम्म एक करोड बढी प्रयोगकर्ताले असारमसान्त सम्म १० अर्ब भन्दा बढी कारोबार गरेका छन् ।

एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ४ महिना लामो लकडाउनमा विद्युतीय कारोबार गर्नेको संख्या वृद्धि भएको तथ्यांकबाट देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here