कोरोना संक्रमणबाट काठमाडौंमा कांग्रेस नेताको मृत्यु

काठमाडौं, ९ भदौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एकजना पुरुषको मृृत्यु भएको छ ।

बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर २१ का कांग्रेस नेताको गएराति मृत्यु भएको हो ।

उनी २१ वडाको नेपाली कांग्रेसका सभापति हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फवाट बडाध्यक्षका प्रत्यासी समेत थिए । उनी आइतवार मात्रै अस्पताल भर्ना भएका थिए ।

१३ दिन अघिदेखि नै उनलाई ज्वरोखोकीको समस्या देखिएको थियो । परीक्षणका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here