बुधबार काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने

काठमाडौं, ९ भदौं । बुधबार काठमाडौंका विभिन्न ६ ठाउँमा बत्ती जाने भएको छ ।

विद्यु्त् प्राधिकरणको अनुसार काठमाडौंको कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखको हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कामको लागि विद्युत कटौती गर्न लागेको हो ।

त्यस क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

ती स्थानहरुमा बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, टौखेल, सीतापाइला, त्रिशक्ति केवल, ज्योति एकेडमीलगायतका क्षेत्र रहेका छन् ।

त्यस्तै शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल, सीता होम्स, थापा चोक, आदेश्वर मन्दिर, इचङ्‌गुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनीमा पनि बत्ती जानेछ । त्यस्तै फस्कु, सीताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भीमढुङ्गा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउरालीलगायातका स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here