गलत काम गर्ने बाल गृहमाथि कडा कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी

काठमाडौं, ९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गलत काम गर्ने बालगृहमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

कोभिड–१९ संकटका बेला अनाथ, सहाय बालबालिकाहरु झनै जोखिममा परेको उनले बताए ।

मंगलबार काठमाडौंमा आयोजित ‘कोभिड–१९ संकटका बेला बाल संरक्षणका लागि दक्षिण एशीयाली राष्ट्रहरुबीचको सहकार्य’ विषयक भर्चुअल बैठकमा बोल्दै उनले भने, ‘जोखिममा परेका त्यस्ता बालबालिकाहरुको संरक्षण गर्न दक्षिण एशीयाली राष्ट्रहरुबीच अझै बलियो सहकार्यको आवश्यकता छ ।’

सरकारले अनाथ तथा असहाय बालबालिकाहरुको उचित व्यवस्था हुने गरी बालबालिकासम्बन्धी १० वर्षे रणनीतिक योजना तयार पार्ने कामलाई अन्तिम चरणमा पु¥याएको पनि मन्त्री गुरुङले जानकारी दिए ।

बालबालिकाको हितमा केन्द्रित भएर काम गर्न सम्बन्धित सबै निकायलाई उनले आह्वान पनि गरे ।

एक वर्ष भित्र नेपाललाई सडक बालबालिकामुक्त देश घोषणा गर्ने तयारी भईरहेको तर कोभिड–१९ र बाढि÷पहिरोको कारण यसै वर्ष सडक बालबालिका मुक्त बनाउने सरकारको अभियान पूरा हुन नसकेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here