एनआरएन इन्फ्रास्टक्चरको सेयरमा लगानीकर्ता झुम्मिए

काठमाडौं, १० भदौं । गैर आवासीय नेपालीहरुको लगानी रहेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

बुधबारबाट नियमित कारोबार सुरु भएकै दिन यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।

पहिलो दिन स्पेसल प्रिओपनिङ सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३०६ रुपैयाँमा कारोबार भएसँगै नियमित कारोबार सुरु भएको हो।

नेप्सेले यो कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज १०२.०६ रुपैयाँदेखि ३०६.१८ रुपैयाँ तोकेको छ भने कारोबार संकेत एनआरएन दिएको थियो।

३०६ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर ३३६ रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार खुलेको १५ मिनेटमै १ लाख९८ हजार कित्ता खरिदका लागि अर्डर गरेका छन् भने विक्रीमा १ कित्ता सेयर पनि छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here