कोरोना संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन

काठमाडौं, १० भदौं । स्वास्थ्य मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभरका कोभिड अस्पताललाई पत्रचार गर्दै लक्षण नभएका संक्रमितलाई संक्रमण पुष्टि भएको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको जानाकारी दिए ।

१० दिनमा टेष्ट गर्दा नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ ।

१४ दिनमा डिस्चार्ज नगरिए सरकारले संक्रमितको उपचारमा लागेको खर्च स्रोत भर्ना नगरिने केन्द्रले जनाएको छ। स्वास्थ्य मन्त्रालयले साउन २९ गते नै केन्द्रलाई लक्षण नभएका संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here