बार्बाडोस विरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं, ११ भदौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज ३६ रनले पराजित भएको छ ।

बार्बाडोस ट्रिडेन्ट्सका विरुद्धको सन्दीपको उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडी चल्न नसक्दा पराजित हुन पुगेको हो ।

बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११२ रनमात्रै बनाउन सक्यो ।​

जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी भएको छ भने ३ खेलमा पराजित रहेको छ । चार ओभर बलिङ गरेका सन्दिपले १६ रन खर्चिएर दुई विकेट हात पार्न सफल भएका छन् ।

सन्दिपले आफ्नो दोस्रो ओभरमा रशिद खानको तथा तेस्रो ओभरमा शले नर्सको विकेट लिएका हुन् ।

सन्दिप सिपीएलको जारी सिजनमा यस अघिका चार खेलमा पाँच विकेट आफ्नो नाममा दर्ता गराएका थिए भने आजको खेल सहित पाँच खेलमा सात विकेट हात पारी सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here